
पोखरा । गण्डकी प्रदेशमा थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशको पछिल्लो विवरण अनुसार मृतकमध्ये एकजना तनहुँका र बाँकी सबै कास्कीका छन् ।
मृत्यु हुनेमा पोखरा २७ का ७१ वर्षीय पुरुष रहेका छन् । उनको राति १ बजेर ४० मिनेट जाँदा पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २९ गते संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा ८ कै ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको छ । उनको आज बिहान ३ बजेर ५० मिनेट जाँदा गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै पोखरा ९ का ६८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको बिहीबार राति ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई हिजो बिहीबार मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
पोखरा २१ का ७५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको बिहीबार राति ११ बजेर २० मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई पनि हिजो नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरामा २९ वर्षीय पुरुषले समेत कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पोखरा १७ का उनको आज दिउँसो साढे १२ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई आजै मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
पोखरा १३ का ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको आज बिहान ४ बजेर १५ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।
यसैगरी तनहुँ म्याग्दे गाउँपालिका ४ का ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ । उनको गण्डकी मेडिकल कलेजमा आज बिहान साढे ९ बजे ज्यान गएको हो । उनलाई मंसिर ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ३८ पुगेको छ ।


