बालयौन दूराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

-


     मर्दी न्युज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित


पोखरा । बाल यौन दूराचारको आरोपमा प्रहरीले पोखराबाट एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ ।

सोमबार पोखरा महानगरपालिका–१७ बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ ।

उनले १२ वर्ष, ८ वर्ष र ७ वर्षका गरी ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा फेला पारेको प्रहरीको दावी छ । उनीविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको प्रहरीले बताएका छन् ।

उद्धार गरिएका नाबालकलाई भने अभिभावकको जिम्मा लगाएको प्रहरीले बताएको छ । ती फ्रान्सेली नागरिक गैर पर्यटकीय भिसामा नेपाल आई पोखरा महानगरपालिका खहरेमा बस्दै आएका थिए ।