जापानमा २४३४ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या २२३८ पुग्यो

-


     मर्दी न्युज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । डिसेम्बर २
जापानमा बुधबार २ हजार ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित १ लाख ५४ हजार १ सय ६८ जना पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार २ सय ३८ जना पुगेको छ । सबैभन्दा धेरै ओसाकामा सात, होक्काईदो र टोकियोमा पाँचरपाँच खानागावा र ह्योगोमा तीनरतीन, साईतामा दुई, आईची, मिए, चिबा, साँगा, सिजुओका, नारा र फुकुसिमा प्रान्तमा एक/एक गरी ३२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २० हजार ६ सय एक जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ सय ८८ जनाको अवस्था गम्भीर रहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख २८ हजार ९ सय २६३ जना कोरोना संक्रमित निको भएका छन् ।

४७ प्रान्त मध्ये पाँच प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ५ सय , ओसाकामा ४ सय २७, होक्काईदोमा १ सय ७६, आईचीमा २ सय १९, खानागावा २ सय १४,ह्योगो १ सय २३ र साईतामा १ सय ५० जना थपिए ।