जापानमा २५१३ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । डिसेम्बर ३
जापानमा बिहीबार २ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित १ लाख ५६ हजार ६ सय ७६ जना पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार २ सय ६५ जना पुगेको छ । सबैभन्दा धेरै होक्काईदोमा ११, खानागावामा छ, ह्योगोमा तीन, साईतामा र टोकियोमा दुईरदुई, मिए, सिगा र सिजुओका, प्रान्तमा एकरएक गरी २७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २१ हजार ४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ सय ९७ जनाको अवस्था गम्भीर रहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख २९ हजार ९ सय जना कोरोना संक्रमित निको भएका छन् ।

४७ प्रान्त मध्ये तीन प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ५ सय ३३ , ओसाकामा ३ सय ८६, होक्काईदोमा २ सय छ, खानागावा १ सय ९७, आईचीमा १ सय ९५, ह्योगो १ सय ७२ र साईतामा १ सय ५१ जना थपिए ।

२ हजार बढी संक्रमित संख्या भएका प्रान्तहरू

टोकियोमा ४२ हजार ३ सय ४४, ओसाकामा २१ हजार ४ सय चार, खानागावामा १३ हजार १ सय २५,आईचीमा १० हजार ७ सय ३६, होक्काईदोमा ९ हजार ४ सय ५७, साईतामामा ८ हजार ८ सय २६, चिबामा ७ हजार २ सय चार, ह्योगोमा ६ हजार ४०, फुकुओकामा ५ हजार ९ सय ३२, ओकिनावामा ४ हजार ४ सय ४७ र क्योतोमा २ हजार ७ सय ३६ जना पुगेको छ ।