
पोखरा । नेकपा एमालेबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका चार जना मन्त्रीले राजीनामा दिएका छन् । बुधबार बिहान बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका हुन् ।
एमालेबाट सरकारको नेतृत्व गरेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थमन्त्री लक्ष्मण पाण्डेले राजीनामा बुझाएका हुन् । केन्द्रमा नेकपा एमाले र अर्को कम्युनिस्ट पार्टीबीच नयाँ सहकार्य सुरु भएपछि गण्डकीमा पनि एमाले सरकारबाट बाहिरिएको हो ।
हाल प्रदेशमा एमाले-नेकपा समीकरण बनेको छ ।

