
पोखरा । अन्तर्राष्ट्रिय पर्वत दिवस ( डिसेम्बर ११ तारीख ) विभिन्न कार्यक्रम सहित मनाइदै छ। नेपाल पर्वतारोहण संघको आयोजनामा आज एक कार्यक्रम सम्पन्न भएको छ।
” महिला पर्वतारोहीहरु को भुमिका, चुनौतीहरु तथा अबसरहरु” बिषयक छलफल तथा अन्तर्कृया जुम प्रबिधि बाट सम्पन्न भएको थियो। नेपाल पर्वतारोहण संघका द्वितीय उपाध्यक्ष तथा पर्वतारोही माया शेर्पाले संचालन गर्नुभएको उक्त कार्यक्रम का प्रमुख अतिथि नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले आफ्नो संक्षिप्त्त भनाइ राख्दै व्यापक कठिनाइका बाबजुद नेपालमा महिला आरोही हरुको संख्या बढ्दै गएको र विभिन्न कीर्तिमान समेत कायम गरेको स्मरण गर्दै प्रसंसा गर्नुभयो र आबस्यक परेको खण्डमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्दता समेत जाहेर गर्नुभयो।
अन्तर्कृया कार्यक्रममा उत्साहपुर्वक उपस्थिति जनाउँदै आफ्नो भनाइ राख्नेहरुमा सगरमाथा आरोहीहरु छोकी शेर्पा, पासाङ ल्हामु अकिता शेर्पा, कल्पना महर्जन, भुमिरा गुरुङ, फुर्डिकी शेर्पा , डोमा शेर्पा , बरिष्ठा दावा शेर्पा , लक्ष्मी तामाङ लगायत थिए।
सहभागीहरु ले काम गर्दाका चुनौती, कोहिबेला लैङ्गिकताका कारण झेल्नुपर्ने समस्या, पारिवारिक सहयोग , कोभिड-१९ ले सिर्जना गरेको विषम परिस्थितिका बारेमा पर्याप्त चर्चा गरेका थिए।

