चश्मे भारद्धाज पहिलो पल्ट काठमाण्डौं उपत्यकामा अभिलेख

-


     मर्दी न्युज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित


फोटोः दिपक बुढाथोकी

प्रायः३०० मिटर भन्दा मुनि प्रचुर मात्रामा देखिने आवासिय प्रजाति चश्मे भारद्धाज पहिलो पल्ट काठमाण्डौं उपत्यकामा अभिलेख गरिएको छ र यो हाल सम्मकै उच्च स्थानमा भेटिएको हो ।

पूर्वबाट सुदुर पश्चिम सम्मका समथल भूभागहरुमा देखिने यो प्रजाति पंछी अबलोकनका क्रममा यहि डिसेम्बर १२ तारिखका दिन पंछी अबलोकनकर्ता तथा वन्यजन्तु फोटोग्राफर दिपक बुढाथोकी, प्रताप गुरुङ र दशरथ बिदुक्छेकोे टोलीले मनोहरा खोला परिसरमा भेट्टाएका थिए ।

नेपालका लागि ब्रायन हडसनले १९ औं शताब्दीमा पहिलो पल्ट अभिलेख गराएको यो प्रजाति मात्र नभई अन्य प्रजातिहरु पनि साबिकका स्थान भन्दा माथि भेटिनु पंछीबिज्ञ र खोज तथा अनुुसन्धानकर्ताहरुका लागि पनि चासोको विषय बनेको छ ।

पृथ्बीको तापक्रममा भएको बृद्धि, जलबायु परिवर्तन, बासस्थान विनाश तथा हिउँदको समयमा तराईका भुभागहरुमा अत्याधिक मात्रामा शितलहर भई चिसोको मात्रा धेरै बढ्ने भएकोले पछिल्लो समयमा तल्लो भुभागमा पाइने केहि पंछीहरु माथिल्लो भुभाग तिर जान सक्ने पंछीबिज्ञहरु बताउँछन् ।

फोटोः दशरथ बिदुक्छे
फोटोः प्रताप गुरुङ