
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थपाले जानकारी दिए ।
केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् ।
उता, प्रचण्ड–माधव नेपाल समूहले दिउँसो १ बजे बबरमहलमा रहेको कार्की ब्यांक्वेटमा बैठक बोलाएको छ । दुवै पक्षको केन्द्रीय कमिटी बैठकले एकले अर्को पक्षलाई कारबाहीको तयारी गरेको छ ।


