
नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ्ग, एयरलाइन्स, पुरातात्त्विक, संस्कृति, कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहकार्यमा गाइडहरु लक्ष्यित एकदिने स्ट्यान्डर्ड अपरेटिङ प्रोटोकल (एसओपी) तालिम सम्पन्न गरेको छ ।
तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरु को लागि बरदान अनलाइन स्टोरको तर्फबाट निशुल्क मास्क तथा स्यानिटाइजर प्रदान गरिएको थियो ।

बिश्वब्यापी महामारी कोभिड-१९ का कारण २०७६ चैतदेखि बन्द रहेको ट्रेकिङ लगायतका पर्यटकीय गतिविधि लाई चलायमान बनाउन नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन व्यावसायिहरु लागिपरेको बर्तमान परिपेक्ष्यमा आतिथ्यता तथा सेवा प्रदान गर्ने गाइड पथ प्रदर्शकहरुले पनि स्वास्थ सुरक्षा मापदण्डको बारेमा जान्नुपर्ने र सेवा प्रभावकारी बनाउन आबश्यक देखिएकोले यो तालिमको आयोजना गरिएको संयोजक श्री बिपिनराज सापकोटाले बताउनुभयो ।
५७ जना प्रशिक्षार्थीहरु भएकोले दुई समुह बनाएर दिइएको सो तालिम को प्रशिक्षक गण्डकी प्रदेश, स्वास्थ निर्देशनालयका बरिस्ठ स्वास्थ शिक्षा अधिकृत श्री नबराज शर्मा हुनुहुन्थ्यो ।

संक्षिप्त औपचारिक कार्यक्रमको सभापतित्व युनिट्राभ गण्डकी प्रदेशका अध्यक्ष श्री बिजय केसीले गर्नुभएको थियो भने कार्यक्रम संचालन सचिव श्री राजु तिमिल्सिनाले गर्नुभएको थियो ।
लेकसाइडको फेवा रिसोर्टमा संचालित तालिमको दोश्रो सत्रमा जिफण्ट गण्डकी प्रदेशका अध्यक्ष रुद्र खत्रीले ट्रेड युनियन अधिकार, सामुहिक सौदाबाजी लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
फोटाहरुः युनिट्राभ

