गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

-


     मर्दी न्युज    
     पुस ९ गते २०७७ मा प्रकाशित


अध्याबधिक विवरण अनुसार प्रदेशमा कोरोना संक्रमणवाट थप ३ जनाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयमा निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेमा तनहुँ म्याग्दे गाउँपालिका ५ का ७३ वर्षिय पूरुषको मिति २०७७/०९/०८ गते साँझ ५ः२० बजे उपचारको क्रममा, स्याङ्जा फेदीखोला गाउँपालिका १ का ७४ वर्षिय महिलाको मिति २०७७/०९/०८ गते साँझ ८ः२० बजे उपचारको क्रममा, तनहुँ शुक्लागण्डकी नगरपालिका ५ का ७१ वर्षिय पूरुषको मिति २०७७/०९/०९ गते दिउँसो १ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।

निधनहुनेहरुमा निमोनिया, हाइपरटेन्सन लगाएतका अन्य रोगहरुवाट पनि संक्रमित थिए । यस सँगै प्रदेशमा कोरोनावाट मृत्यु हुनेको संख्या १९१ पुगेको छ ।