
सन थापा,
जापान । जापानमा कोरोना संक्रमण र मृत्युदरमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । शुक्रबार ३ हजार ८ सय ३१जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार ३ हजार ७ सय ३९ जना संक्रमित भएका थिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २ सय ६५ जना पुगेको छ । बुधबार ४५ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
यसैबीच पहिलोपटक पाँच जनामा नयाँ संस्करणको कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार पत्रकारसम्मेलन गरी उक्त जानकारी गराएको हो । बेलायतबाट डिसेम्बर १८ र २० मा दुई जना हानेदा विमानस्थल र डिसेम्बर २१ मा खान्साई बिमानस्थल मार्फत् फर्किएका तीनजना रहेका छन् । जापानले डिसेम्बर २४ देखि बेलायतबाट जापान प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या ३ हजार १ सय ९९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
सबैभन्दा बढी ह्योगोमा १५, टोकियोमा १०, ओसाका र होक्काईदोमा आठ/आठ, खानागावामा छ, आईचीमा तीन, क्योतो, फुकुसीमा र सिजुओकामा दुई/दुई, चिबा, गिफु, साईतामा, कुमामोतो, यामानासी, नारा, नागोना, प्रान्तमा एक/एक गरी ६२ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये २८ हजार १ सय ५४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ७८ हजार ३ सय ५२ जना कोरोना संक्रमित निको भएका छन् ।
राजधानी टोकियोमा ८ सय ८४ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ५४ हजार ९ सय दुई जना पुगेको छ । तोकुसीमा प्रान्त बाहेक ४६ प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू ओसाकामा २ सय ९४, खानागावामा ४ सय ६६, आईची २ सय ६५, साईतामामा २ सय ९८, ह्योगोमा २ सय ३२, फुकुओकामा १ सय ४३, हिरोसीमामा १ सय ४१, चिबामा २ सय १३ र होक्काईदोमा १ सय २३, क्योतो १ सय २१ जना थपिए ।
बढी संक्रमित संख्या भएका प्रान्तहरू
ओसाकामा २८ हजार ३ सय ९५, खानागावामा १८ हजार६ सय ९२,आईचीमा १५ हजार २ सय २१,साईतामामा १२ हजार ७ सय ६१, होक्काईदोमा १२ हजार ७ सय १५, चिबामा ९ हजार ८ सय ९७, ह्योगोमा ८ हजार ९ सय ८९,फुकुओकामा ७ हजार ९ सय ९५, ओकिनावामा ५ हजार १ सय ३३ र क्योतोमा ४ हजार २ सय २६ जना पुगेको छ ।

