राष्ट्र बैङ्कले अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

-


     मर्दी न्युज    
     पुस १३ गते २०७७ मा प्रकाशित


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सोमवारबाट दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको बैङ्कले जनाएको छ ।

बैङ्कका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ ।

यस्तै दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ ।

बैङ्कले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।