
सन थापा,
जापान, डिसेम्बर २८ । जापानमा सोमबार २ हजार ३ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५१ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ४ सय ८४ जना पुगेको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या ३ हजार ३ सय ३८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
सबैभन्दा बढी ओसाकामा १३,, ह्योगोमा आठ, आईचीमा सात, टोकियोमा छ, गुन्मा र होक्काईदोमा पाँच÷पाँच, हिरोसीमा र फुकुसीमामा दुई÷दुई ,यामागाता, एहिमे र ईबाराकी प्रान्तमा एक÷एक जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये ३१ हजार ९८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय ६१ जनाको अवस्था गम्भीर रहेको छ ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ८५ हजार ३ सय २१ जना कोरोना संक्रमित निको भएका छन् ।
राजधानी टोकियोमा ४ सय ८१ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ५७ हजार ४० जना पुगेको छ । निगाता र तोकुसीमा प्रान्त बाहेक ४६ प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ३ सय ३४, साईतामामा १ सय ८४, चिबामा १ सय ७५, ओसाकामा १ सय ५०, आईचीमा १ सय २२, फुकुओकामा १ सय ४२, ह्योगोमा १ सय आठ जना थपिए ।
बढी संक्रमित संख्या भएका प्रान्तहरू
ओसाकामा २९ हजार ७७, खानागावामा १९ हजार ८ सय ४८,आईचीमा १५ हजार ८ सय चार,साईतामामा १३ हजार ४ सय २१, होक्काईदोमा १३ हजार ५५, चिबामा १० हजार ३ सय ७८, ह्योगोमा ९ हजार ४ सय ३२, फुकुओकामा ८ हजार ४ सय ३५, ओकिनावामा ५ हजार २ सय २०र क्योतोमा ४ हजार ५ सय १४, हिरोसीमामा ३ हजार ६० जना पुगेको छ ।

