जापानमा थपिए ६०८१ जना संक्रमित, ४५ जनाको मृत्यु

-


     मर्दी न्युज    
     पुस २६ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । जनवरी १०
जापानमा आईतबार ६ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख ८९ हजार ४ सय ६३ जना पुगेको छ ।

त्यसैगरी डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ४ हजार ८० जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
सबैभन्दा बढी आइचीमा नौ, ओसाकामा सात, होक्काईदोमा छ, ह्योगोमा चार, टोकियो, चिबा, खानागावामा तीनरतीन, क्योतोमा दुई,मिए, ओईता, हिरोसिमा, गिफु, फुकुओका, कोचि, नागसाक़ी र कुमामोतो प्रान्तमा एकरएक ४५ जनाको मृत्यु भएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख २१ हजार १ सय ९५ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये ५५ हजार २ सय ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ८ सय ५२ जनाको अवस्था गम्भीर रहेको छ ।

राजधानी टोकियोमा १ हजार ४ सय ९४ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ७४ हजार ९ सय ४४ जना पुगेको छ भने ६ सय ८५ जनाको मृत्यु भएको छ ।

तोत्तोरी र फुकुई प्रान्तमा संक्रमण शून्य रह्यो भने ४५ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ७ सय २९, ओसाकामा ५ सय ३२, साईतामामा ४ सय १४, चिबामा ३ सय ८८, आईचीमा ३ सय ४३, फुकुओकामा २ सय ८४, ह्योगोमा २ सय ६९, टोचिगीमा १ सय ३२, क्योतोमा १ सय ४६, होक्काईदोमा १ सय ८८, सिजुओकामा १ सय २७, तोचिगीमा १ सय १८ जना थपिए ।

बढी संक्रमित प्रान्तहरू

ओसाकामा ३४ हजार ४ सय ५२, खानागावामा २७ हजार ३ सय ४३, आईचीमा १९ हजार ४ सय ३८,साईतामामा १७ हजार ८ सय २४, होक्काईदोमा १४ हजार ७ सय १७,चिबामा १४ हजार २ सय तीन,ह्योगोमा १२ हजार ८८,फुकुओकामा ११ हजार ३ सय ४६, क्योतोमा ५ हजार ९ सय ३७,ओकिनावामा ५ हजार ९ सय तीन र हिरोसीमामा ४ हजार ६९ जना पुगेको छ ।