जापानको विभिन्न क्षेत्रमा भारी हिमपात, आठ जनाको मृत्यु, २७७ जना घाईते

-


     मर्दी न्युज    
     पुस २६ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, जनवरी १० । जापानको निगाता, होकुरिकु लगायतका क्षेत्रमा परेको भारी हिमपातमा परी आठ जनाको मृत्यु हुनुका साथै २ सय ७७ जना घाईते भएका छन् ।

गत बिहीबारदेखि लगातार परेको हिमपात र आँधीबेहरीका कारण धनजनको क्षति भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

निगाता प्रान्तमा तीन जना,फुकुई प्रान्तमा तीन जना,तोयामा र इशिखावा प्रान्तमा एकरएक जनाको मृत्यु छ । त्यस्तै निगाता प्रान्तमा १ सय १२ जना,फुकुई प्रान्तमा ५३ जना,तोयामा प्रान्तमा ७२ जना, इशिखावा प्रान्तमा ३८ जना र गिफु प्रान्तमा दुई जना घाईते भएका छन् ।

आईतबार निगाता प्रान्तको जोएचु शहरमा १ सय ३३, तोयामा शहरमा १ सय १५ र फुकुई प्रान्तमा ५९ सेन्टिमिटरसम्म हिउँ परेको जापान मौसम एजेन्सीले जनाएको छ ।