निर्वाचन गतिविधि रोक्न माग गर्दै प्रचण्ड–नेपाल निर्वाचन आयोगमा

-


     मर्दी न्युज    
     पुस २७ गते २०७७ मा प्रकाशित


काठमाडौं । निर्वाचन कार्यक्रम अगाडि नबढाउन भन्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपा निर्वाचन आयोग पुगेको छ । अध्यक्षद्वय दाहाल र नेपालसहित नेकपाका नेताहरू सोमबार दिउँसो आयोग पुगेका हुन् ।

प्रतिनिधिसभा विघटनको विषय अदालतमा रहेका बेला आयोगले निर्वाचनको गतिविधि तीव्र पारिरहेको छ ।

सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी तोकेको थियो।

सोहीअनुसार आयोगले सबै जिल्लामा निर्वाचनको तयारी गरिरहेको छ।