नागरिक एप्स शुभारम्भ

-


     मर्दी न्युज    
     माघ २ गते २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ अन्तर्गत नागरिक एप्सको सुरुवात गरेको छ।

शुक्रबार सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले एप्सको शुभारम्भ गरेका हुन्।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममार्फत नागकिर एप्सको सुरुवात गरिएको हो।

जनताले सो एप्स डाउनलोड गरी घरमै बसेर कतिपय विषयमा सरकारी सेवा सुविधा पाउने र सूचना एवम् जानकारी उपलब्ध हुने सञ्चारमन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जानकारी दिए।

हाल नौ वटा विभिन्न कार्यक्रममा परीणका लागि यो एप्स प्रयोग गरिएको छ।