
पोखरा । तमु धिं नेपालका केन्द्रीय अध्यक्ष एवं पत्रकार हुमबहादुर गुरुङलाई मातृशोक परेको छ । कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक समेत रहेको गुरुङका आमा हरिमाया गुरुङको ८८ वर्षको उमेरमा आज सोमबार बिहान निधन भएको हो ।
हरिमायाका ६ भाइछोराहरु गुप्तबहादुर, मेघबहादुर, हुमबहादुर, फत्तबहादुर, कृष्णबहादुर र सन्तोष गुरुङ तथा छोरीहरु ज्ञानु तथा मिना गुरुङ रहेका छन् ।
हरिमाया गुरुङको दिउँसो २ बजे बौद्ध अर्घौ सदनमा शोक सभा गरी अन्त्येष्टि गरिएको छ । गण्डकी प्रदेशका सभासद्द्वय मनबहादुर गुरुङ, राजीव पहारी, मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङलगायत गुरुङका विभिन्न संघसंस्थाबाट बौद्ध अर्घौ सदनमा उनलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए ।
यसैबीच हरिमायाको निधनमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

