
सन थापा,
जापान, १३ माघ । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना संक्रमितलाई पर्याप्त चिकित्सा सुबिधा प्रदान गर्न नसकेको भन्दै माफी मागेका छन् । मंगलबार संसद (डाईट) मा विपक्षी सांसदले यस बारे प्रश्न उठाएपछि सुगाले माफी माग्दै चिकित्सा प्रणालीलाई सुदृढीकरण गरिने बताए । प्रहरीको तथ्यांक अनुसार २ सय जना पर्याप्त उपचारको अभावमा ज्यान गएको बताईएको छ । त्यसैगरी करीब ३५ हजार जना भीडभाडयुक्त अस्पतालमा नगई घरमै स्वास्थ्यलाभ गरिरहेको जनाईएको छ ।
आज मंगलवार ३ हजार ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ३ लाख ७३ हजार ४४ जना पुगेको छ ।
संक्रमणका कारण मृत्यु हुने संख्या डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित ५ हजार ३ सय ११ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख २ हजार १ सय ९९ जना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ६० हजार ९ सय ३३ जनाको उपचार भइरहेको छ भने ९ सय ९६ जनाको अवस्था गम्भीर रहेको छ ।
आपतकाल लागु भएका ११ प्रान्तको अवस्था
राजधानी टोकियोमा १ हजार २६ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ९५ हजार ५ सय ३४ जना पुगेको छ भने ८ सय नौ जनाको मृत्यु भएको छ ।
ओसाकामा ३ सय ४३ जना संक्रमित थपिए । ४२ हजार ७० जना संक्रमित संख्या पुगेको छ भने ८ सय ५७ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा ३ सय ९४ जना संक्रमित थपिए । संक्रमित संख्या ३८ हजार ७ सय ७२ जना पुगेको छ भने ४ सय २३ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २३ हजार ८ सय ४५ जना पुगेको छ । यहाँ २ सय ५३ जना संक्रमित थपिए भने ३ सय २० जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २३ हजार १ सय ६५ जना र मृत्यु हुने संख्या ३ सय ७५ जना पुगेको छ । यहाँ २ सय १५ जना संक्रमित थपिए।
त्यस्तै चिबामा ३ सय ४० जना संक्रमित थपिएर २० हजार ८ सय ६२ जना पुगेको छ भने २ सय २८ जनाको मृत्यु भएको छ । होक्काईदोमा १६ हजार ८ सय ६३ जना संक्रमित पुगेको छ भने मृतकको संख्या ५ सय ७३ जना पुगेको छ । ह्योगोमा संक्रमित १५ हजार ६ सय २० जना र मृत्यु हुने ३ सय ६९ जना पुगेको छ । फुकुओकामा संक्रमित १५ हजार ३ सय ६७ जना र १ सय ७२ जनाको मृत्यु भएको छ । क्योतोमा ७ हजार ९ सय ६३ जना संक्रमित र १ सय चार जनाको मृत्यु भएको छ । तोचिगी प्रान्तमा ३ हजार ६ सय १५ जना संक्रमित र ४० जनाको मृत्यु भएको छ । होक्काइदो, ह्योगो, फुकुओका,क्योतो र तोचिगीमा क्रमशः १ सय छ, १ सय ५३, १ सय ५५, १ सय १३ र ४१ जना संक्रमित थपिए ।
त्यस्तै ओकिनावामा ७ हजार १ सय ३९, हिरोसीमामा ४ हजार ६ सय ६५, इबाराकीमा ४ हजार ४ सय ५९, सिजुओकामा ४ हजार ३ सय ३९ जना पुगेको छ ।

