
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै समूहसँग आज छलफल गर्ने भएको छ ।
नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको आयोगले आज दुवै पक्षसँग छलफल गर्ने भएको हो।
शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । आयोगको पत्रमा अध्यक्षसहित अध्यक्षले तोकेका पाँच/पाँचजना व्यक्ति उपस्थित हुन भनिएको छ ।

