सभामुखले फिर्ता गरे संसदीय सुनुवाइका लागि पठाइएका सिफारिस

-


     मर्दी न्युज    
     माघ १८ गते २०७७ मा प्रकाशित


Mardi News

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न संवैधानिक आयोग तथा निकायहरुका प्रमुख आयुक्त र आयुक्तमा सिफारिश गरिएका व्यक्तिहरुको सुनुवाइका लागि संसदमा पठाएका कागजात सभामुखको कार्यालयले सक्कलै फिर्ता पठाएको छ।

परिषदले गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पुगेको थियो ।

हाल प्रतिनिधि सभा विघटन भएको हुँदा त्यस अन्तर्गतका समितिहरु पनि नरहेका कारण सुनुवाइ हुन नसक्ने अवस्था रहेको भन्दै सक्कलै कागजातहरु फिर्ता गरिएको सभामुखको कार्यालयले जनाएको छ।