
काठमाडौं । बुधवारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ।
संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेपछि प्रधानमन्त्री ओलीले बुधवार बिहान ११ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए।
यसअघि मंगलबार साँझ नै बैठक बोलाइएको थियो । यद्यपि, एक दिनपछि सारियो । पुनः बैठक नै स्थगित भएको जानकारी दिइएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले भने, ‘२०७७ माघ २१ गते बुधबार बेलुकी ५ बजेलाई बोलाइएको संवैधानिक परिषद् बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ।’
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन्।
यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए। यो अध्यादेशअनुसार अब संवैधानिक परिषदमा तीन जना उपस्थित भएर निर्णय गर्न सक्नेछन्।

