
जापान । जापानभर २ हजार ३ सय २४ जनामा कोरोना संक्रममित थपिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ७ सय ९९ जना पुगेको छ । संक्रमणका कारण मंगलबार हालसम्मकै उच्च १ सय १९ जानाको मृत्यु भएको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित ५ हजार ९ सय ६५ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ४९ हजार ३६ जना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ४६ हजार ३ सय १९ जनाको उपचार भइरहेको छ भने ९ सय ३७ जनाको अवस्था गम्भीर रहेको छ ।
आपतकाल लागु भएका प्रान्तको अवस्था
राजधानी टोकियोमा ५ सय ५६ जना संक्रमित थपिए भने कोरोना संक्रमितको संख्या १ लाख ७ सय ९० जना पुगेको छ । ९ सय १७ जनाको मृत्यु भएको छ ।
ओसाकामा २ सय ११ जना संक्रमित थपिए । ४४ हजार १ सय ११ जना संक्रमित संख्या पुगेको छ भने ९ सय ४६ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा १ सय ८७ जना संक्रमित थपिए । संक्रमित संख्या ४१ हजार १ सय ६९ जना पुगेको छ भने ४ सय ९४ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २५ हजार ५ सय ९२ जना पुगेको छ । यहाँ २ सय ४७ जना संक्रमित थपिए भने २ सय ६६ जनाको मृत्यु भएको छ । आईचीमा संक्रमित २४ हजार २ सय २८ जना र मृत्यु हुने संख्या ३ सय ९१ जना पुगेको छ । यहाँ १ सय एक जना संक्रमित थपिए।
त्यस्तै चिबामा २ सय २२ जना संक्रमित थपिएर २२ हजार ७ सय १५ जना पुगेको छ भने २ सय ६८ जनाको मृत्यु भएको छ । होक्काईदोमा संक्रमित १७ हजार ६ सय २६ जना र मृतकको संख्या ६ सय दुईजना पुगेको छ । ह्योगोमा संक्रमित १६ हजार ६ सय ६३ जना र मृत्यु हुने संख्या ४ सय २० जना पुगेको छ । फुकुओकामा संक्रमित १६ हजार ३ सय १६ जना र १ सय ९६ जनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार ५ सय ६६ जना संक्रमित र १ सय २२ जनाको मृत्यु भएको छ । तोचिगी प्रान्तमा ३ हजार ७ सय ९१ जना संक्रमित र ४८ जनाको मृत्यु भएको छ । होक्काइदो, ह्योगो, फुकुओका,क्योतो र तोचिगीमा क्रमशः १ सय पाँच, १ सय ३५,७७, ५६ र १७ जना संक्रमित थपिए ।
त्यस्तै ओकिनावामा ७ हजार ६ सय ३१, इबाराकीमा ४ हजार ८ सय ७५, हिरोसीमामा ४ हजार ८ सय ४२, सिजुओकामा ४ हजार ६ सय ३० जना संक्रमित भएका छन् । आइतबार १८ हजार तीन जनाको पीसीआर परीक्षण गरिएको थियो ।

