नवनियुक्त प्रमुख आयुक्त राईले सम्हाले कार्यभार

-


     मर्दी न्युज    
     माघ २१ गते २०७७ मा प्रकाशित


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।

राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित अख्तियार कार्यालय पुगेर नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार सम्हालेका हुन् ।

उनीसँगै नवनियुक्त आयुक्तद्वय जयबहादुर चन्द र किशोरकुमार सिलवालले पनि कार्यभार सम्हालेका छन् ।

अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए ।