
काठमाडौं । संवैधानिक आयोगहरुमा नियुक्त भएकाहरुलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा पेश गरेको निवेदन बुधबार अबेर दर्ता भएको हो ।
अधिवक्ता त्रिपाठीले संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउनआज (बुधबार) सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
“२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नू र सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नू/नगराउनू,” रिटमा भनिएको छ ।
त्रिपाठीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश नै संविधानविपरित रहेको दावी गर्दै सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २,८३, २८४ र २९२ को बर्खिलाप भएको उल्लेख छ ।
रिटमा संसद सञ्चालन निमावलीमा रहेको ४५ दिनको प्रावधान संसदीय सुनुवाइ समिति नरहेको अवस्थामा लागु नहुने भन्दै नियुक्ति बदरको माग गरिएको छ ।

