प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्छ : प्रधानन्यायाधीश

-


     मर्दी न्युज    
     माघ २५ गते २०७७ मा प्रकाशित


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्ने बताएका छन्। आइतबार संवैधानिक इजलासमा बहसका क्रममा प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन्।

आइतबार सरकारी वकिलको बहस सकिएको छ। त्यसपछि प्रधनमन्त्रीको बचाऊमा निजी अधिवक्ताहरुले बहस सुरु गरेका छन् । अहिलेसम्म महान्यायाधीवक्तासहित ११ जना सरकारी वकिलले प्रतिनिधि सभा विघटनका पक्षमा बहस सकेका छन्। सरकारी वकिलको सकिएसँगै निजी वकिलको बहस सुरु भएको हो।

आइतबार प्रधानमन्त्री ओलीका निजी वकिल रमेश बडालले बहस गरेका थिए। प्रधानन्यायाधीश राणाले सुरुमा उनलाई २० मिनेट समय दिएका थिए। तोकिएको समयमा बडालको बहस नसकिएपछि थप १० मिनेट समय दिएका थिए।

अझै सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायी र ५ जनाको एमीकस क्युरीले बहस गर्न बाँकी रहेको छ ।

प्रधानमन्त्रीको तर्फबाट १७७ जना कानुन व्यवसायीले वकालतनामा बुझाएका छन्। यीमध्ये सबैले बहस नगर्ने र यो साता प्रधानमन्त्रीको तर्फबाट बहस सकिने बडालले इजलासमा जानकारी दिए।