जापानमा एकैदिन १२१ जनाको मृत्यु, १८८६ जना संक्रमित

-


     मर्दी न्युज    
     माघ २८ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । जापानमा कोरोना संक्रमणका कारण बुधबार १ सय २१ जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो । त्यस्तै १ हजार ८ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख १० हजार ९ सय १३ जना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ६ हजार ७ सय ३९ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यस्तै निको हुनेको संख्या डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ७३ हजार १ सय ९६ जना पुगेको छ ।

संक्रमितमध्ये २९ हजार १ सय ९९ जनाको उपचार भइरहेको छ भने ७ सय ३६ जनाको अवस्था गम्भीर रहेको छ ।

धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार २४ जना पुगेको छ भने १ हजार ६९ जनाको मृत्यु भएको छ ।

ओसाकामा ४५ हजार ४ सय ७७ जना संक्रमित संख्या पुगेको छ भने १ हजार ३१ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४२ हजार ७ सय १९ जना पुगेको छ भने ५ सय ९० जनाको मृत्यु भएको छ ।

साईतामामा संख्या २७ हजार १ सय ७१ जना संक्रमित र ४ सय ४३ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २४ हजार ९ सय ६२ जना र मृत्यु हुने संख्या ४ सय ६५ जना पुगेको छ । चिबामा २४ हजार १ सय १९ जना पुगेको छ भने ३ सय ३० जनाको मृत्यु भएको छ ।
होक्काईदोमा संक्रमित १८ हजार २ सय ३५ जना र मृत्यु हुने संख्या ६ सय २८ जना पुगेको छ । ह्योगोमा संक्रमित १७ हजार ३ सय २६ जना र मृत्यु हुने संख्या ४ सय ५८ जना पुगेको छ । फुकुओकामा संक्रमित १७ हजार ६६ जना र २ सय २० जनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार ८ सय २५ जना संक्रमित र १ सय ३८ जनाको मृत्यु भएको छ ।

टोकियोमा ४ सय ९१, ओसाकामा १ सय २७,खानागावामा १ सय ७६, साईतामामा १ सय ६९, आईचीमा १ सय १४, चिबामा १ सय ४५ जना संक्रमित थपिए । त्यस्तै होक्काइदो, ह्योगो, फुकुओका,क्योतो क्रमशः ६४, ९४, १ सय तीन, २७ जना संक्रमित थपिए ।

त्यस्तै ओकिनावामा ७ हजार ९ सय २८, इबाराकीमा ५ हजार २ सय ४६, हिरोसीमामा ४ हजार ९ सय १६, सिजुओकामा ४ हजार ७ सय ८६ जना र गिफुमा ४ हजार ४ सय आठजना संक्रमित पुगेको छ ।