
काठमाडौँ। प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको असंवैधानिक नियुक्तिविरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै नेकपाले चौथो चरणको विरोध कार्यक्रम सार्वजनिक गरेको हो। चौथो चरणको विरोध कार्यक्रम फागुन ५ गते बाट सुरु हुने नेकपाले जनाएको छ।
फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा नेकपाले गरेको छ । त्यस्तै ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ ।
त्यस्तै १२ गते चितवन र २१ गते दाङमा ठूला सभा गर्ने र जनकपुर, नेपालगञ्ज, लगायतका सहरहरूमा पनि विरोध प्रदर्शन र सभा गर्ने र त्यसको मिति चाडै सार्वजनिक गर्ने नेकपाले जनाएको छ।
यसअघि नेकपाले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।

