यस्ता छन् सरकारका ३ वर्षे कार्यकालका उपलब्धि (पूर्णपाठ)

-


     मर्दी न्युज    
     फागुन ३ गते २०७७ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । उनले आज २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको उदघाटन गर्दै सरकारले तीन बर्षे कार्यकालमा गरेका उपलब्धी सार्वननिक गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कार्यक्रमको सुरुमा प्रतिनिधिसभा विघटन भएको र नयाँ निर्वाचनको मिति तोकिएको विशेष परिस्थितिमा प्रेस ब्रिफिङ गरेका थिए । नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै उनले निर्वाचन तोकिएकै मितिमा हुने बताए ।

उनले भने, ‘शुरुदेखि नै सरकार सञ्चालनमा केही अप्ठ्याराहरु त थिए नै । बिभिन्न ढंगले काममा ब्यवधान खडा गरिएकै थियो । खासगरी पछिल्लो एक वर्षदेखि झण्डै दुईतिहाई सांसदको समर्थन प्राप्त यस सरकारले विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति बेहोर्नु पर्‍यो । एकातिर जनताको उच्च आकाङ्क्षा सम्बोधन गर्नु पर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अलमलिए झैँ सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना भयो ।’

दोस्रोपटक २०७४ फागुन ३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । 

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको उपलब्धिको पूर्णपाठ यस्तो छ :