
काठमाडौँ। प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधार १ को खण्ड (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए।


