जापानमा घट्दै संक्रमण, शुक्रबार १३०३ जना संक्रमित ६६ जनाको मृत्यु

-


     मर्दी न्युज    
     फागुन ८ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । जापानमा शुक्रबार १ हजार ३ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको तुलनामा २ सय चार जना घटेको छ । बुधबार ४२ हजार ३ सय २५ जनाको पीसीआर परीक्षण गरिएको थियो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख २४ हजार ४८ जना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ७ हजार ३ सय ७८ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ९६ हजार १ सय ५१ जना निको भएका छन् ।

संक्रमितमध्ये १८ हजार ८ सय ७० जनाको उपचार भइरहेको छ भने ५ सय ४७ जनाको अवस्था गम्भीर रहेको छ ।