प्रचण्ड–नेपाल समूह छाडेर शेरबहादुर दम्पत्ति ओली पक्षमा

-


     मर्दी न्युज    
     फागुन ८ गते २०७७ मा प्रकाशित


काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङ पुनः नेकपा ओली समूहमा लागेका छन् । उनी पत्नी उषाकला राईसहित प्रचण्ड– नेपाल समूह छाडेर ओली पक्षमा लागेका हुन् ।

उषाकला राईले पूर्वएमालेहरू मूल पार्टीमा फर्कने क्रम सुरु भएको जानकारी दिइन् । “अब धेरै साथीहरू फर्कनुहुन्छ । हामीले पनि प्रचण्ड–माधव नेपालको समूहमा बसिरहन उचित देखेनौँ,” उनले भनिन् ।

अरू को–को फर्कन्छन् भनेर टुङ्गो नभए पनि धेरै आउने तयारी गरिरहेको उनको भनाइ छ ।