
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार १३९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना महामारीको व्यवस्थापन गरिरहेका विभिन्न निकायहरुको तथ्याङ्कको आधारमा एक वर्षभरिमा मृतकको संख्या ६१९ थप भएको उल्लेख गरेको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६८४ पुगेको छ।

