नवनियुक्त उद्योग मन्त्री साहद्वारा पद बहाली

-


     मर्दी न्युज    
     भाद्र २५ गते २०८३ मा प्रकाशित


नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद बहाली गरेका छन्।

शपथ लगत्तै आज मन्त्रालय पुगेर मन्त्री शाहले पद बहाली गरेका हुन् ।

पदभार ग्रहणपछि नवनियुक्त मन्त्री साहले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समाधानलाई प्राथमिकता दिने बताएका छन्। 

समस्या समाधानका उपायबारे मन्त्रालयका कर्मचारी तथा निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग छलफल गरेर काम अघि बढाउने उनको भनाइ छ।

मन्त्रालयले यसअघि ग्यास आपूर्तिमा देखिएको असहजता हटाउन विभिन्न पक्षसँग छलफल गर्दै आएको थियो। मन्त्री साहले समस्याको अवस्था, कारण र मन्त्रालयबाट भइरहेका प्रयासबारे जानकारी लिएपछि आवश्यक निर्णय गर्ने बताएका छन्।

मन्त्री साहले मन्त्रालयका चालु योजना तथा कार्यक्रमबारे पनि निवर्तमान मन्त्री यादवसँग छलफल गर्ने बताएका छन्। पदभार हस्तान्तरणका क्रममा यादवले मन्त्रालयका कर्मचारीसँग कार्यप्रगति तथा आपूर्ति व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेकी थिइन्।

मन्त्री साहले सम्बन्धित अधिकारीसँग विस्तृत जानकारी लिएर मन्त्रालयका आगामी काम तथा प्राथमिकता निर्धारण गर्ने जनाएका छन्।