थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु

-


     मर्दी न्युज    
     फागुन १८ गते २०७७ मा प्रकाशित


काठमाडौँ । सरकारले थप ५० लाख डोज कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको छ ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा आज (मंगलबार) कोभिड-१९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्न प्रक्रिया सुरु गरेको बताएका हुन् । हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी एक करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।

हालससम्म नेपालले जिटुजी मार्फत नै २० लाख डोज खोप खरिद गरेको छ । जसको पहिलो खेप १० लाख डोज नेपाल ल्याइसकिएको छ भने बाँकी १० लाख डोज ल्याउन बाँकी छ ।

भारतले १० लाख डोज र चीनले ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले ३ लाख डोज खोप यही साताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने जानकारी दिए ।