
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक फागुन २१ गते शुक्रबारका लागि बोलाएको छ। संघीय संसदको अधिवेशन फागुन २३ गते आइतबारदेखि सुरु हुन लागेको हुँदा संसदको प्रमुख प्रतिपक्षी पार्टीको संसदीय दलको बैठक बोलाइएको हो।
यसैबीच नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई अहिले काठमाडौं नछाड्न निर्देश दिएको छ।
फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देश गरिएको हो।
कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारीक रुपमै काठमाडौं बाहिर नजान र नगई हुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन् ।

