कांग्रेसको नाराबाजीपछि संसद बैठक १० मिनेट स्थगित

-


     मर्दी न्युज    
     फागुन २३ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

पुनर्स्थापित संसदको पहिलो बैठक वहिष्कार, नाराबाजी र घेराउ भएपछि सभामुख सापकोटाले १० मिनेटका लागि स्थगित गरेको हो ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेका कारण बैठक स्थगित गरेका हुन् ।