गुप्तेश्वर आमा समूहद्वारा पूर्वअध्यक्षहरुलाई सम्मान

-


     मर्दी न्युज    
     फागुन २४ गते २०७७ मा प्रकाशित


पोखरा । गुप्तेश्वर आमा समूह माछापुच्छ्रे कालिमाटीले पूर्वअध्यक्षहरुलाई सम्मान गरेका छन् ।

सोमवार १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ६ जना पूर्वअध्यक्षहरु सम्मानित भएको हो । रमालक्ष्मी दाहाल, विष्णुमाया सुवेदी, सुशिला भण्डारी, कलावती दाहाल, लक्ष्मी ढुङ्गाना र धनकुमारी सुवेदी गरी ६ जना पूर्वाध्यक्षलाई आमा समूहले सम्मान गरेको हो । रमालक्ष्मी दाहाल र विष्णुमाया सुवेदीलाई संस्थाले मरणोप्रान्त सम्मान गरेको हो ।

समूहका अध्यक्ष निर्मला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमलाई अष्ट्रेलियाबाट डेभिडले आर्थिक सहयोग गरेका थिए ।

आउँदा दिनहरुमा यस समूहले कालिमाटी सरसफाई अभियानलाई जोड दिंदै भवन व्यवस्थापनमा लागि पर्ने अध्यक्ष निर्मला सुवेदीले बताइन् ।

बयोबृद्ध तथा जेष्ठ तथा नागरिक धनसरी अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लाली गुराँस युवा क्लबका अध्यक्ष हरि पौडेल, अन्नपूर्ण प्राविका प्राचार्य दीपकराज ढुङ्गाना, पर्यटन व्यवसायी शिवप्रसाद भण्डारी, विद्यालय व्यवस्थापनका अध्यक्ष हिमलाल दाहालले लैङ्गिक हिंसाको अन्त्य तथा महिला सशक्तिकरणका बारेमा आआप्mना धारणा राखेका थिए ।