
सन थापा,
जापान, २८ फागुन । जापानमा बिहीबार १ हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ४६ हजार ३ सय १८ जना पुगेको छ प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ५ सय ३५ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
बिहीबार ४७ हजार १ सय ९८ जनाको पिसीआर परीक्षण गरिएको थियो । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख २४ हजार २ सय ७८ जना कोरोना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ११ हजार ८ सय १० जनाको उपचार भइरहेको छ भने ३ सय ५४ जनाको अवस्था गम्भीर रहेको छ ।
धेरै संक्रमित भएका प्रान्तहरू
टोकियोमा १ लाख १४ हजार ८ सय ४०, ओसाकामा ४८ हजार ९४, खानागावामा ४६ हजार १ सय ८८, साईतामामा ३० हजार ६ सय ४१, चिबामा २७ हजार ७ सय नौ, आईचीमा २६ हजार ४ सय, होक्काईदोमा १९ हजार ७ सय ८७, फुकुओकामा १८ हजार ४ सय ३१, ह्योगोमा १८ हजार ३ सय ८३ र क्योतोमा ९ हजार १ सय ८० जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ४ सय ४५, इबाराकीमा ६ हजार १ सय ४९, सिजुओकामा ५ हजार ३ सय ७३, हिरोसीमामा ५ हजार ६० र गिफुमा ४ हजार ६ सय ८० जना संक्रमित संख्या पुगेको छ ।
मृत्यु संख्या धेरै भएका प्रान्तहरू
टोकियोमा १ हजार ५ सय ६१, ओसाकामा १ हजार १ सय ५०, खानागावामा ७ सय ४१, साईतामामा ६ सय ४७, चिबामा ५ सय दुई, आईचीमा ५ सय ५१, होक्काइदोमा ७ सय चार, फुकुओकामा ३ सय ११, ह्योगोमा ५ सय ६४ र क्योतोमा १ सय ६४ जनाको मृत्यु भएको छ ।
टोकियोमा ३ सय चार, ओसाकामा १ सय ११, खानागावामा १ सय सात, साईतामामा १ सय ५५, चिबामा १ सय पाँच, आईचीमा ५२ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ५३, फुकुओकामा ४३, ह्योगोमा ४९, क्योतोमा सात, ओकिनावा ३८, इबाराकीमा ४३, सिजुओकामा १७, हिरोसीमाका एक र गिफुमा तीनजना संक्रमित थपिए ।

