
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग शीतल निवासमा छलफल गर्ने भएकी छन् ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी हुन् । दिउँसो ४ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले छलफलका लागि बोलाएकी हुन् ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

