जापानमा ११३४ जनामा संक्रमण, ५७ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र २ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, ३ चैत । जापानमा मंगलबार १ हजार १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै ३८ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ५० हजार ४ सय ५१ जना पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ७ सय दुईजनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख २८ हजार २ सय ४१ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये १२ हजार १ सय २८ जनाको उपचार भइरहेको छ भने ३ सय ३७ जनाको अवस्था गम्भीर रहेको छ ।

धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १५ हजार ८ सय ८४, ओसाकामा ४८ हजार ४ सय ५९, खानागावामा ४६ हजार ५ सय ३७, साईतामामा ३१ हजार ६९, चिबामा २८ हजार ९६, आईचीमा २६ हजार ५ सय २४, होक्काईदोमा २० हजार १३, फुकुओकामा १८ हजार ५ सय ८५, ह्योगोमा १८ हजार ५ सय ५१ र क्योतोमा ९ हजार २ सय ११ जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ५ सय ४०, इबाराकीमा ६ हजार २ सय १९, सिजुओकामा ५ हजार ४ सय २९, हिरोसीमामा ५ हजार ६८, गुन्मा ४ हजार ७ सय १५ र गिफुमा ४ हजार ६ सय ९१ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ६ सय पाँच, ओसाकामा १ हजार १ सय ५८, खानागावामा ७ सय ५५, साईतामामा ६ सय ७६, चिबामा ५ सय २०, आईचीमा ५ सय ५९, होक्काइदोमा ७ सय १४, फुकुओकामा ३ सय २०, ह्योगोमा ५ सय ६६ र क्योतोमा १ सय ६४ जनाको मृत्यु भएको छ ।

४७ प्रान्त मध्ये मंगलबार नौ प्रान्तमा संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ३ सय, ओसाकामा ८६, खानागावामा ९१, साईतामामा ९६, चिबामा ७६, आईचीमा ३० जना संक्रमित थपिए । त्यस्तै मियागी र होक्काइदोमा ६९(६९, ह्योगोमा ७८, फुकुओका र ओकिनावामा २८(२८, इबाराकी र सिजुओकामा २५(२५, टोचिगीमा १७, गुन्मामा १०, क्योतोमा नौजना संक्रमित थपिए ।