‘साइबर स्यालहरु’ अझै ज्युँदै रहेछन् : नेपाल

-


     मर्दी न्युज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले ओ‌लीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको बताएका छन् । बुधबार खनाल–नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता भेला स्थगित भयो भनेर फेक सूचना जारीसमेत गरेकोमा ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेको बताएका हुन् ।

आफूहरुको भेला रोक्नका लागि साइबर स्यालहरुले नेता योगेश भट्टराईको फेक हस्ताक्षर प्रयोग गरेको उनले बताए । उनले भने, ‘योगेश भट्टराईको हस्ताक्षर चोरेर फेक पत्र जारी गरेका थिए । साइबर स्यालहरु त अझै पनि जिँउदै रहेछन् ।’

उनले भ्रमपूर्ण समाचार तथा पोस्टमा नपर्न आग्रह गरे । पार्टी निर्माणसँग जोडिएको लडाइँमा आफूहरु रहेकोले यो पदको लडाइँ नभएको उनले बताए ।