जापानमा १५३५ जनामा संक्रमण, ३६ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, ४ चैत । जापानमा बुधबार १ हजार ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै ३६ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ५१ हजार ९ सय ८४ जना पुगेको छ । सोमबार ४५ हजार ५ सय ६० जनाको पिसीआर परीक्षण गरिएको थियो । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ७ सय ३८ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख २९ हजार ४ सय ४२ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये ११ हजार ९ सय ६४ जनाको उपचार भइरहेको छ भने ३ सय ३५ जनाको अवस्था गम्भीर रहेको छ ।

५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १६ हजार २ सय ९३, ओसाकामा ४८ हजार ६ सय छ, खानागावामा ४६ हजार ६ सय ३०, साईतामामा ३१ हजार २ सय, चिबामा २८ हजार १ सय ८७, आईचीमा २६ हजार ५ सय ७२, होक्काईदोमा २० हजार ८६, ह्योगोमा १८ हजार ६ सय ५९,फुकुओकामा १८ हजार ५ सय ९३ र क्योतोमा ९ हजार २ सय २५ जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ५ सय ७५, इबाराकीमा ६ हजार २ सय ५९, सिजुओकामा ५ हजार ४ सय ३७, हिरोसीमामा ५ हजार ७० जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ६ सय १२, ओसाकामा १ हजार १ सय ६०, खानागावामा ७ सय ६१, साईतामामा ६ सय ७६, चिबामा ५ सय २६, आईचीमा ५ सय ६३, होक्काइदोमा ७ सय १९, फुकुओकामा ३ सय २०, ह्योगोमा ५ सय ७२ र क्योतोमा १ सय ६४ जनाको मृत्यु भएको छ ।

४७ प्रान्त मध्ये बुधबार सात प्रान्तमा संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ४ सय नौ, ओसाकामा १ सय ४७, साईतामामा १ सय ३२, मियागीमा १ सय सात, खानागावामा ९३, चिबामा ९१, आईचीमा ४८ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ७३, ह्योगोमा ७४, फुकुओकामा ४२, ओकिनावामा ३५, इबाराकीमा ४०,टोचिगीमा ३०, क्योतोमा १४ जना संक्रमित थपिए ।