
सन थापा,
जापान, ६ चैत । जापानमा शुक्रबार १ हजार ४ सय ६४ जना कोरोना संक्रमित थपिनुका साथै ३३ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ५४ हजार ९ सय ४४ जना पुगेको छ । बुधबार ४८ हजार ५ सय १० जनाको पिसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ८ सय ११ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ३१ हजार ५ सय ८६ जना कोरोना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये १२ हजार ५ सय ७० जनाको उपचार भइरहेको छ भने ३ सय ३० जनाको अवस्था गम्भीर रहेको छ ।
५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू
टोकियोमा १ लाख १६ हजार ९ सय १९, ओसाकामा ४८ हजार ९ सय पाँच, खानागावामा ४६ हजार ९ सय, साईतामामा ३१ हजार ४ सय ५०, चिबामा २८ हजार ४ सय ३८, आईचीमा २६ हजार ६ सय ५७, होक्काईदोमा २० हजार २ सय ६०, ह्योगोमा १८ हजार ७ सय ९५,फुकुओकामा १८ हजार ६ सय ७८ र क्योतोमा ९ हजार २ सय ४५ जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ६ सय ६१, इबाराकीमा ६ हजार ३ सय ४४, सिजुओकामा ५ हजार ४ सय ६३, हिरोसीमामा ५ हजार ७३ जना संक्रमित संख्या पुगेको छ ।
मृत्यु संख्या धेरै भएका प्रान्तहरू
टोकियोमा १ हजार ६ सय ३०, ओसाकामा १ हजार १ सय ६२, खानागावामा ७ सय ६४, साईतामामा ६ सय ७८, चिबामा ५ सय ३६, आईचीमा ५ सय ६९, होक्काइदोमा ७ सय १९, फुकुओकामा ३ सय २३, ह्योगोमा ५ सय ७२ र क्योतोमा १ सय ६५ जनाको मृत्यु भएको छ ।
४७ प्रान्त मध्ये बिहीबार सात प्रान्तमा संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ३ सय तीन, ओसाकामा १ सय ५८, साईतामामा १ सय ११, चिबामा १ सय ३५, खानागावामा १ सय २९, मियागीमा १ सय र होक्काइदोमा ७८ जना संक्रमित थपिए । त्यस्तै ह्योगोमा ६१, आईचीमा ४७, फुकुओकामा ४०, ओकिनावामा ४४, इबाराकीमा ४०, टोचिगीमा ३६, क्योतोमा नौजना संक्रमित थपिए ।

