
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी प्रदेशको २६औं बार्षिक साधारण सभा आज सम्पन्न हुदै छ ।
माउण्टेन ग्लोरी फरेस्ट रिसोर्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा नाट्टा केन्द्रका अध्यक्ष श्री अच्युत गुरागांई लगायत विभिन्न प्रदेशका अध्यक्ष तथा प्रतिनिधिहरु को उपस्थिति रहेको थियोे ।
शुभकामना मन्तव्य राख्नुहुने बक्ताहरुमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराई , नाट्टाका पुर्व अध्यक्ष श्री ओम प्रसाद पाण्डे लगायत हुनुहुन्थ्यो ।
बरिष्ठ पर्यटन ब्यबासायी तथा एभरेस्ट म्याराथनका अबधारणाकार बिक्रम पाण्डेले बिश्व बैंक तथा युनेस्कोको सहयोगमा लुम्बिनीमा बन्दै गरेको ३६ किमि लामो मदर मायादेवी म्याटेर्निटी ट्रेलको बिकास भइरहेको र त्यसले बिश्वका पचास करोड बौद्धमार्गीहरको ध्यान खिच्ने अनि लुम्बिनीमा कम्तीमा चारदिन बस्ने बाताबरण बन्ने बताउनुभयो ।
महासचिव कमला गिरिले संचालन गर्नुभएको पहिलो सत्रको कार्यक्रमको सभापतित्व अध्यक्ष संञ्ययकान्त सिग्देलले गर्नुभएको थियो । कार्यक्रममा नाट्टा गण्डकी प्रदेशले गरेका विभिन्न कार्यक्रमहरु पढेर सुनाइएको थियो ।
प्रमुख अतिथिको मन्तव्य राख्नुहुदै गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री माननीय बिकाश लम्सालले प्रदेशको समृद्धिको मुख्य आधार पर्यटननै भएकोले यसको बिकास गर्न प्रदेश सरकार तथा निजि क्षेत्र हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । भौतिक संरचनाहरु अभुतपुर्व रूपमा बनिरहेको र गण्डकी प्रदेश अग्रणी रहेको बताउदै निजी क्षेत्रले दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विभिन्न समयमा नाट्टा गण्डकी प्रदेशलाई सहयोग पुर्याउने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गर्नुको साथै उत्कृष्ट कर्मचारीको रूपमा सिइओ देवराज देबकोटालाई नगद रु. दश हजार, प्रशंसा पत्र तथा दोशल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।

