जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

-


     मर्दी न्युज    
     चैत्र ८ गते २०७७ मा प्रकाशित


चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छिन् ।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान  चार  बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।