अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालयमा देखियो नयाँ आशाको किरण

-


     मर्दी न्युज    
     चैत्र ९ गते २०७७ मा प्रकाशित


कोरोना (कोभिड–१९) भाइरसको कारण धरासायीमा परेको नेपालको पर्यटन क्षेत्र खुल्ला भएसगै आन्तरिक पर्यटकहरु, विभिन्न संघसंस्था, समुदाय, कर्मचारी, बिद्यार्थि लगायतका ग्रुपहरुको बिस्तारै चहलपहल बढ्दै गएतापनि हालसम्म विदेशी पर्यटकहरुको उपस्थिति शुन्य रहेको वर्तमान स्थितिमा इरानबाट ११ जनाको टोलि २ दिन काठमाडौ २ दिन पोखरा र ९ दिनको अन्नपूर्ण वेसक्याम्प ट्रेकिङ गरि १२ दिनको टुर एन्ड ट्राभल को प्याकेज मा आएको ग्रुपले हिजो चैत ८ गते आइतबार पोखरा (१७ ,रातोपैर्हो स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको अबलोकन भ्रमण गरेका छन ।

पथ प्रदर्शक (गाइड( सहित आएको उक्त टोलि संग्रहालयको भ्रमणमा आनन्दित देखिन्थे भने गाइड गर्न पाउदा आफू एकदम खुसी भएको र आर्थिक रूपमा समेत केही राहत भएको यस टोलिका नेपाली गाइड सुभाष तिमिल्सिनाले बताउनुभयो ।

आज पोखरामा रहेका विभिन्न पर्यटकिय क्षेत्र घुम्ने क्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पनि सोही टोलिले अवलोकन भ्रमण गरेको कुरा संग्रहालयका प्रशासन सहायक उज्ज्वल अधिकारी बताउनु भयो। उहाँका अनुसार कोभिड(१९ को बन्दाबन्दी खुलेयता हालसम्मको तथ्यांकअनुसार यो ग्रुपनै पहिलो विदेशी पर्यटकको ग्रुप रहेको बताउनु भएको छ ।

यसरि विदेशी पर्यटक भित्र्याउन पाउनु समग्र पर्यटन क्षेत्रमै खुशीको कुरापनी हो। नेपाल पर्वतारोहण संघको मातहतमा रहेको अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यको रूपमा बिकाश हुँदै गएको छ।