
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश दिएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्चले यस्तो आदेश दिएको हो ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अपचलन प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले निर्णयहरू झिकाउने आदेश दिएको हो। । यसअघि अख्तियारले दुबै प्रधानमन्त्रीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो ।
जग्गा प्रकरणमा मन्त्रिपरिषद्बाटै निर्णय हुँदा संलग्न रहेका तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विपक्षी नबनाएपछि सर्वोच्चमा रिट परेको थियो ।
रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ताको कार्यालय लगायतलाई विपक्षी बनाइएको छ ।


