जापानमा २७५९ जनामा संक्रमण, २२ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र २० गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, २० चैत । जापानमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २२ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ८१ हजार २ सय ४४ जना पुगेको छ । बुधबार ३२ हजार ५ सय ५४ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ९ हजार २ सय २९ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ४८ हजार ३ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये २० हजार १ सय जनाको उपचार भइरहेको छ भने ३ सय ९४ जनाको अवस्था गम्भीर रहेको छ ।

५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख २१ हजार ९ सय एक, ओसाकामा ५३ हजार ४ सय ३०, खानागावामा ४८ हजार ३ सय ३६, साईतामामा ३३ हजार १ सय २०, चिबामा २९ हजार ८ सय २५, आईचीमा २७ हजार ६ सय २२, होक्काईदोमा २१ हजार १ सय आठ, ह्योगोमा २० हजार ४ सय ३२, फुकुओकामा १९ हजार ८०, ओकिनावामा ९ हजार ६ सय ७८ र क्योतोमा ९ हजार ६ सय ४१ जना संक्रमित भएका छन् । त्यस्तै इबाराकीमा ६ हजार ८ सय, मियागीमा ६ हजार २ सय ८७, सिजुओकामा ५ हजार ७ सय ७० र हिरोसीमामा ५ हजार १ सय ९१ र गुन्मामा ५ हजार ६५ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ७ सय ७६, ओसाकामा १ हजार १ सय ८९, खानागावामा ७ सय ८७, साईतामामा ७ सय तीन, चिबामा ५ सय ७१, आईचीमा ५ सय ८०, होक्काइदोमा ७ सय ५५, फुकुओकामा ३ सय ३३, ह्योगोमा ५ सय ९५ र क्योतोमा १ सय ७० जनाको मृत्यु भएको छ ।

४७ प्रान्तमध्ये शुक्रबार कोची र सीमाने प्रान्तमा संक्रमण शून्य रह्यो भने नौ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै ओसाकामा ६ सय १३, टोकियोमा ४ सय ४०, ह्योगोमा १ सय ७४, साईतामामा १ सय ६३, आईचीमा १ सय ४५, खानागावामा १ सय ३३ र मियागी १ सय १६,चिबामा १ सय पाँच, ओकिनावामा १ सय तीन जना संक्रमित थपिए । त्यस्तै क्योतोमा ६८, होक्काइदोमा ५७, नारामा ५४ र फुकुओकामा ३९ जना संक्रमित थपिए ।