जापानमा २७७५ जनामा संक्रमण, सातको मृत्यु

-


     मर्दी न्युज    
     चैत्र २१ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, २१ चैत । जापानमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सात जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ८४ हजार १७ जना पुगेको छ । बिहीबार ३३ हजार ९ सय १२ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ९ हजार २ सय ३६ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ४९ हजार ७ सय ५० जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये २१ हजार ४ सय नौजनाको उपचार भइरहेको छ भने ४ सय आठ जनाको अवस्था गम्भीर रहेको छ ।

५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख २२ हजार ३ सय ४७, ओसाकामा ५४ हजार ९६, खानागावामा ४८ हजार ४ सय ६५, साईतामामा ३३ हजार २ सय ६९, चिबामा २९ हजार ९ सय १४, आईचीमा २७ हजार ७ सय ४०, होक्काईदोमा २१ हजार १ सय ७४, ह्योगोमा २० हजार ६ सय ३७, फुकुओकामा १९ हजार १ सय १९, ओकिनावामा ९ हजार ७ सय ९५ र क्योतोमा ९ हजार ६ सय ९४ जना संक्रमित भएका छन् । त्यस्तै इबाराकीमा ६ हजार ८ सय ३१, मियागीमा ६ हजार ४ सय २३, सिजुओकामा ५ हजार ८ सय नौ, हिरोसीमामा ५ हजार १ सय ९९ र गुन्मामा ५ हजार ८१ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ७ सय ७६, ओसाकामा १ हजार १ सय ९१, खानागावामा ७ सय ८७, साईतामामा ७ सय तीन, चिबामा ५ सय ७२, आईचीमा ५ सय ८१, होक्काइदोमा ७ सय ५५, फुकुओकामा ३ सय ३३, ह्योगोमा ५ सय ९६ र क्योतोमा १ सय ७१ जनाको मृत्यु भएको छ ।

४७ प्रान्तमध्ये शनिबार मियाजाकी र सीमाने प्रान्तमा संक्रमण शून्य रह्यो भने आठ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै ओसाकामा ६ सय ६६, टोकियोमा ४ सय ४६, ह्योगोमा २ सय छ, साईतामामा १ सय ४९, मियागी १ सय ३६, खानागावामा १ सय २९, आईचीमा १ सय १८, ओकिनावामा १ सय १७ र चिबामा ९९ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ६६, क्योतोमा ५३, नागोनामा ४६, नारामा ४५,तोचिगिमा ४१, सिजुओका र फुकुओकामा ३९(३९ जना संक्रमित थपिए ।